Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमईद्वारा सय बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

आईएमईद्वारा सय बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री


काठमाडौं । आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट ¥याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा छभन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन्, जसको दायरा एकै पटक चार्जमा तीन सय २० किलोमिटरसम्म पुग्छ । उचित मूल्य, धेरै राम्रो किमि दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको कम्पनीको दाबी छ ।

पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रतिकिलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्षभित्र उपभोक्ताले करिब दुई लाख ५० हजार रुपैयाँ बचत गरी व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहन्छ । फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाइट एड्जस्टेबल शोक्क अब्जर्भर, मल्टी मोड्स अफ ड्राइभिङ, द्रुत चार्जको लागि १० एम्प चार्जर, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन् ।

आईएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य मात्र एक लाख ९९ हजार रुपैयाँ छ । राफ्टले एकपटकको चार्जमा तीन सय २० किलोमिटरसम्मको माइलेज दिन्छ, जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज हो । यसका अतिरिक्त, हामीसँग उत्कृष्ट सुविधाहरू उपलब्ध छन् । फलस्वरूप, ग्राहक र डिलरहरूले हाम्रो अटोमोबाइललाई लोकप्रियतामा ठूलो वृद्धि दिइरहेका छन् । बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आईएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ । यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन् ।

आईएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन आईएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुईपांग्रे सवारीसाधन बिक्री गर्न थालेको र छिट्टै चारपांग्रे यात्रुवाहक कार र व्यावसायिक सवारीसाधनहरूमा विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू रहेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x