Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण

टीभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण


काठमाण्डौ,फागुन २१

राकुटेन भाइबर र जगदम्बा मोटर्सले ‘चान्स टु विन थ्रु अ क्लिक’ अभियानका विजेतालाई टीभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण गरेको छ । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टिकर प्याकहरुका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो । सोही सहकार्यअन्तर्गत जगदम्बा मोटर्सले टीभीएस ब्राण्डका लागि ‘चान्स टु विन थ्रु अ क्लिक’ अभियान सार्वजनिक गरेको थियो, जहाँ ग्राहकहरुले ‘टीभीएस बाइकर्स मेनिया’ स्टिकर प्याक डाउनलोड गरेर नयाँ टीभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरु जित्ने अवसर पाएका थिए ।

यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो जसअन्तर्गत बुटवलकी सुमित्रा न्यौपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन् । उनीलाई जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x