Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुवावे र वेबसर्फरबीच डिजिटल रूपान्तरणको लागि सम्झौता

हुवावे र वेबसर्फरबीच डिजिटल रूपान्तरणको लागि सम्झौता


काठमाडौं । हुवावे र वेबसर्फरबीच आईएसपीको डिजिटल रूपान्तरणको लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतासँगै अब दुवै कम्पनीले हुवावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउनेछन् ।

सम्झौताअनुसार यसै वर्षदेखि वेबसर्फरलाई एण्ड–टु–एण्ड नेटवर्क सोलुसनहरू र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्ने जिम्मेवारी हुवावेले वहन गर्नेछ । यो सहकार्यले ताजा सोलुसनद्वारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने बताइएको छ । कम्पनीका अनुसार यो हुवावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर आरएन्डडी लगानीको परिणाम हो । हुवावेले सो आईएसपीलाई यसको नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्नेछ ।

हुवावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्नेछ । हुवावेले वेबसर्फरका कर्मचारीहरूलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछ । ‘यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो जसले हाम्रा दुई कम्पनीका लागि विन–विन लाभहरू सिर्जना गर्नेछ’, हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भने, ‘हामी वेबसर्फरको लागि एक फ्युचर–प्रुफ नेटवर्क सिर्जना गर्दै छौँ र हुवावेको पछिल्लो कन्सुमर–एण्ड उपकरणहरू नेपालमा ल्याइरहेका छौं ताकि ग्राहकहरूले वेबसर्फरको इन्टरनेट प्रयोग गरी सहज अनुभव लिन सकून् ।’

वेबसर्फरका प्रबन्धनिर्देशक सुरेन क्षेत्री बढ्दो प्रविधि र प्रयोगकर्ताहरूको आवश्यकताहरू बुझ्ने पार्टनरको खोजीमा, हुवावे नै उच्च गतिको फाइबर इन्टरनेट र सुरक्षित नेटवर्क सोलुसनको लागि प्रतिस्पर्धीविनाको प्रविधिको लिडर रहेको बताउँछन् । हुवावेका इन्टेलिजेन्ट उत्पादन र सोलुसन नेपालमा ल्याउन उत्साहित भएको उनले बताए । ‘यस पार्टनरसिपको फलस्वरूप, वेबसर्फरका ग्राहकहरूले छिट्टै हुवावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, थप भरपर्दो र स्थिर नेटवर्क, सिमलेस वाइफाइ रोमिङ सुविधाहरू र समग्रमा कुनै पनि अवरोध वा डाउनटाइमविना सहज प्रयोगकर्ता अनुभवको फाइदा लिन सक्नेछन्’, उनले भने, ‘हुवावेले हामीलाई बढ्दो प्रविधिहरूसँगै अगाडि राख्ने र हाम्रा ग्राहकहरूलाई लेटेस्ट प्राविधिक अनुभवहरू उपलब्ध गराउनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x