Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक


काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ । सेगवे इ–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो ।

कम्पनीका अनुसार यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण छ । ई११०एलमा विभिन्न इण्डष्ट्री लिडीङ्ग उत्कृष्ट फिचरहरु समावेश गरिएको छ । साथै यसले प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । २४ सय वाटको अधिकतम मोटर पावर र ७२ भी २४ ए ब्याट्री क्षमताको साथ इ–स्कुटरले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ । सेगवे–नाइनबोट ब्रान्ड दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टरको लागि एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गरी आएको छ । आई हव प्रा. लिमिटेड नेपालमा सेगवे–नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो ।

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल अब नेपाली बजारमा उपलब्ध छ । सेगवेले नेपालीे बजारमा पहिलादेखि नै ई१०० र ई१२५को प्रवद्र्धन गर्दै आइरहेको छ । साथै उक्त मोडेलहरुले ग्राहकको मन जित्न सफल भइसकेको कम्पनीको दाबी छ । ग्राहकहरुको ब्राण्डप्रतिको यही अभिरुचिलाई ध्यानमा राखी सेगवेको विश्वबजारमा रहेको उच्चतम प्रविधिका साधनहरु नेपाली बजारमा ल्याउने क्रममा ई११०एल ग्राहकहरुमाझ प्रस्तुत गरेको हो । यसका साथै आई हब प्रालि बजार व्यवस्थापन, बिक्री सेवा तथा बिक्रीपश्चात्का सेवाहरुलाई थप सशक्त बनाउने भएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x