Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ पुस्ताको लागि नयाँ फोन, ग्यालेक्सी ए०४

नयाँ पुस्ताको लागि नयाँ फोन, ग्यालेक्सी ए०४


काठमाडौं । नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य र आदर्श फोन, ग्यालेक्सी ए०४ले नेपाली बजारमा प्रवेश गरेको छ । सामसुङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसुङ ग्यालेक्सी ए०४ ल्याएको हो ।

ग्यालेक्सी ए०४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुको साथै अपग्रेडहरू पनि ल्याएको छ, जसले यो नयाँ फोनलाई युवा प्रयोगकर्ताहरूको माझ एक आदर्श फोन बनाउँछ । सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भनेका छन्, ‘हामीले सामसुङमा सधैँ हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौँ । यही ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्टफोन ग्यालेक्सी ए०४ लन्च गर्दै छौँ ।’ नयाँ ग्यालेक्सी ए०४मा ५० एमपी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ । धेरै ग्राहकहरूको लागि पहुँचयोग्य फोनमा उच्च गुणस्तरको क्यामेरा भएको कारणले यस फोनबाट अझ धेरै प्रयोगकर्ताहरूले आफ्ना बहुमूल्य क्षणहरू र सम्झनाहरू खिच्न मौका पाउनेछन् । उच्च गुणस्तरको क्यामेराले प्रयोगकर्ताहरूलाई ती पलहरू र सम्झनाहरूलाई थप परिभाषित गर्ने मौका दिन्छ, प्रत्येक क्लिक र क्लिपहरूलाई थप डिटेल दिन्छ, जसले भविष्यमा गरेर हेर्दा त्यो पलहरूलाई अझ जीवित बनाउँछ ।

पाँच हजार एमएएच इन–बक्स ब्याट्री भएको १५ वाट फास्ट चार्जरले प्रयोगकर्ताहरूलाई उनीहरूको फोनसँग थप समय दिन्छ, जुन नयाँ युवा प्रयोगकर्ताहरू जसले आफ्नो फोनमा धेरै कुराहरू गर्छन्, सञ्चारदेखि लिएर तिनीहरूको मोबाइल उपकरणहरूमार्फत काम गर्नसम्म गर्छन्, यो उनीहरूको लागि निकै राम्रो कुरा हो । साथै, ६.५ इन्च फुल–स्क्रिन र डल्बी एटमसको आवाजको साथ, ग्यालेक्सी ए०४ले सबै कार्यक्रम र चलचित्रहरूको आनन्द दिन्छ । सामसुङ ग्यालेक्सी ए०४ दुईटा -याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ ।

कम्पनीका अनुसार चार जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य १६ हजार नौ सय ९९ रूपैयाँ र ३ जीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १४ हजार नौ सय ९९ रूपैयाँ रहेको छ । यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध छ । सामसुङको स्मार्टफोन रोस्टरमा ग्यालेक्सी ए०४ थपिएबाट कम्पनीले नेपाली बजारमा अर्को उत्कृष्ट बजेट फोन उपलब्ध गराउन सक्षम भएको छ, जसले सामसुङले आफ्ना प्रयोगकर्ताहरूलाई किफायती मूल्यमा आकर्षक फिचरहरू ल्याउँछ, जसले यो फोनलाई युवा प्रयोगकर्ताहरूका लागि एक आदर्श उपकरण बनाउँछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x