क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको कोषाध्यक्षमा निर्वाचित
काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा)को कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
चौरासिया सन् २०२२ –२४ कार्यकालको लागि कोषाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । गत भदौ अन्तिममा सम्पन्न वार्षिक साधारणसभाबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका चौरासिया यही कात्तिक २२ गते बसेको कार्यसमितिको बैठकबाट कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसअघि उनी सन् २०१८–२० कार्यकालको निम्ति क्यान महासंघबाट प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित भएका थिए भने सन् २०२०–२२ कार्यकालमा कोषाध्यक्ष थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया