Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको सामूहिक सन्देश सेवा प्रभावकारी

टेलिकमको सामूहिक सन्देश सेवा प्रभावकारी


काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको छ । यो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।

यसअन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रतिसन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा आवश्यकताबमोजिम दुई हजार, पाँच हजार र १० हजारवटा मोबाइल नम्बरमा एकै पटक वा पटक–पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा दुई हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत एक हजार रूपैयाँ (करबाहेक)मा दुई दिनभित्रमा २ हजार सन्देश पठाउन सकिन्छ । यसैगरी पाँच हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत दुई हजार पाँच सय रूपैयाँ (करबाहेक)मा पाँच दिनभित्रमा पाँच हजार सन्देश पठाउन सकिन्छ । यसका साथै १० हजारवटा सन्देश पठाउन सकिने प्याकअन्तर्गत पाँच हजार रूपैयाँ (करबाहेक)मा १० दिनभित्रमा उक्त सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्कभित्र मात्र सन्देश पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि ग्रुप एसएमएस डट एनटीसी डट नेट डट एनपी लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याकमा भएका नम्बरहरू एक्सलसिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x