Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस ईपीएल २०२० को टाइटल प्रायोजक

टीभीएस ईपीएल २०२० को टाइटल प्रायोजक


काठमाण्डौं,फागुन २२
नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको ईपीएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ । टाइटल प्रायोजन गरेसँगै अब ईपीएल टीभीएस ईपीएल २०२० भएको छ । ईपीएल नेपालको फ्रेन्चाइज क्रिकेटहरुमध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता बन्न सफल भइसकेको छ । राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भीडन्त हेर्न पाइने यो प्रतियोगिता मार्च १४ देखि मार्च २८ सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदै छ । नेपालका क्रिकेट प्रेमीहरुले अत्यन्त उत्सकुताका साथ प्रतीक्षा गरिरहेको उक्त ईपीएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र ईपीएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा बुधबार एक समारोहबीच हस्ताक्षर गरेका हुन् ।

नेपालमा अत्यन्त लोकप्रिय रहँदै आएको टीभीएस ब्राण्डले नेपालको विभिन्न खेलकुद क्षेत्रमा पनि आफ्नो सहभागीता जनाउँदै आएको बताएको छ । टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु पाँच वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको जनााएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जाल मार्फत् आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न टीभीएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x