इफाप्काको अध्यक्षमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह चयन
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (इफाप्का)को अध्यक्षमा चयन भएका छन् । माल्दिभ्सको राजधानीमा मालेमा शुक्रबार सम्पन्न इफाप्काको ४५औँ सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो ।
इफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर वीरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन भएका छन् । वर्णानुक्रमअनुसार (इफाप्का) का सदस्यराष्ट्रहरूले संगठनको नेतृत्व गर्ने प्रचलनअनुसार माल्दिभ्सपछि नेपालको पालो आएको हो । यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ इफाप्का अध्यक्ष चयन भएका थिए । मालेमा आयोजित कार्यक्रममा इफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले इफाप्काको नयाँ अध्यक्षको रुपमा सिंहलाई कार्यभार हस्तान्तरण गरेका छन् ।
अध्यक्ष सिंहसहित नयाँ कार्यसमितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । शपथपछिको कार्यक्रमलार्ई सम्बोधन गर्दै सिंहले इफाप्कालाई सशक्त संगठनको रुपमा अघि बढाउने प्रतिबद्धता जनाए । इफाप्काका नयाँ महासचिव इन्जिनियर वीरेन्द्रराज पाण्डेले ४६औँ इफाप्का सम्मेलन दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौंमा आयोजना गरिने जानकारी दिए ।
सोही अवसरमा पाँचौँपटक इफाप्का सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा महासंघ अध्यक्ष रवि सिंहसहित निर्माण व्यवसायीहरू शिव चौलागाईं, कृष्ण गौतम, निर्मल सिटौला र महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका छन् । यसैबीच इफाप्काका नवनियुक्त अध्यक्ष रवि सिंहको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बोर्ड बैठकले इफाप्काको आगामी मिड टर्म बैठक सन् २०२३ को जुनमा मंगोलियामा र ४६औँ इफाप्का सम्मेलन सोही वर्षको नोभेम्बर तेस्रो साता काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।
सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा इफाप्काको सदस्यता लिएको हो । इफाप्काको ३०औँ सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो । इफाप्कामा हाल एसिया प्रशान्त क्षेत्रका १९ राष्ट्र आबद्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया