Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीसीएलको ‘फुटबल हंगामा’ योजना सार्वजनिक

टीसीएलको ‘फुटबल हंगामा’ योजना सार्वजनिक


काठमाडौं । टिभी ब्राण्ड टीसीएलले यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले टीसीएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

साथै टीसीएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा एक भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकहरुले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टीसीएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ । यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । टीसीएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x