Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको वर्ल्डकपलक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर

सामसङको वर्ल्डकपलक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर


काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले फुटबल विश्वकप सिजनलाई लक्षित गर्दै एक्सपिरियन्स द एक्साइमेन्ट अफर ल्याएको छ । कम्पनीले यो अफरमा सामसङको टिभीहरु खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्युएलईडी प्रिमियम यूएचडी टिभीहरूको खरिदमा निःशुल्क साउन्डबारसहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने योजना ल्याएको छ । सामसङ टिभीहरूको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरूलाई हरेक खेलमा साउन्डबारको कुनै कम्प्रमाइजविना इमर्सिभ दृश्य प्रदान गर्दछ । जसले दर्शकहरूलाई विश्वस्तरीय साउन्डको अनुभव दिन्छ ।

ग्राहकहरूले आफूले छनोट गरिएका आउटलेटहरूबाट टिभी खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, डिस्काउन्ट भाउचरहरूसहित विभिन्न लोकप्रिय रेष्टुरेन्टहरूमा स्वादिष्ट भोजनको आनन्द लिँदै ठूला सामसङ टिभी स्क्रिनहरूमा फुटबल हेर्नसक्ने बताइएको छ । यसका साथै ग्राहकहरुले एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन समेत प्राप्त गर्नसक्ने कम्पनीले बताएको छ । जसका लागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्सअन्तर्गतका सामसङ प्लाजाहरुद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डट कममार्फत एक्सचेन्ज गर्नुपर्नेछ । ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ यो अफर ३१ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x