Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन

काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन


काठमाडौं । काठमाडौंमा पहिलो पटक डिजिटल स्वास्थ्य सम्मेलन आयोजना गरिएको छ । सोमबार र मंगलबार २ दिनसम्म आयोजना भएको सो सम्मेलन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित इ–लर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा भएको हो ।

प्रतिष्ठानले स्विट्जरल्याण्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थ हबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको जनाएको छ । सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवा मुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवर्द्धनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको बताए । साथै उनले डिजिटल स्वास्थ्य सेवालाई अझ परिष्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औँल्याए ।

कार्यक्रममा नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरले यस खालका सम्मेलनले सिकाइ आदानप्रदानसँगै भावी कार्ययोजना निर्माणका लागि दिशानिर्देश गर्ने बताइन् । साथै उनले यस्ता खालका रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

सम्मेलनमा स्विट्जरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको र ३० भन्दा बढी कार्यपत्र प्रस्तुत भएको सम्मेलन आयोजक समितिका सचिव डा. परमेन्द्र प्रसाद गुप्ताले जानकारी दिए । सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सही मार्गनिर्देश गर्न सहयोग पु-याउने सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा नरेन्द्र भट्टले दाबी गरे । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x