मोरङ व्यापार संघद्वारा विद्यालयलाई सहयोग
विराटनगर, फागुन २५
मोरङ व्यापार संघले विराटनगरमा सञ्चालित आधारभूत विद्यालयलको व्यवस्थापन समितिलाई विद्यार्थीको प्रयोगका लागि भन्दै डेक्स, बेन्च हस्तान्तरण गरेको छ । संघले संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी शिक्षित समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले विराटनगर ६ स्थित आधारभूत विद्यालयलाई डेक्स, बेन्च उपलब्ध गराएको बताएको छ ।
डेक्स बेन्चले उक्त शिक्षालयमा अध्ययनरत बालबालिकालाई पठनपाठनमा सहज भई शिक्षाप्रतिको अभिरुचिमा थप वृद्धि हुने विश्वास मोरङ व्यापार संघको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मोरङ व्यापार संघको सहयोगमा उपलब्ध गराएको डेस्क बेञ्चले विद्यालयमा अध्ययनरत बालबालिकालाई पठनपाठनमा सहज हुने बताउँदै बालबालिकालाई शिक्षाको माध्यमबाट उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विद्यालयको प्रधानाध्यापक जयन्ती दासलाई डेस्क तथा बेञ्च हस्तान्तरण गरेका थिए । विराटनगर वडा नं. ६ स्थित उक्त विद्यालयमा एक सय २५ जना बालबालिका अध्ययनरत छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया