Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफिफा वर्ल्डकप थिमसहित बिजबजारको ‘२० मा बिज’

फिफा वर्ल्डकप थिमसहित बिजबजारको ‘२० मा बिज’


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले मंसिर महिनाको ‘२० मा बिज’ फिफा वल्र्डकप थिमसहित सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक च्याम्पेन सञ्चालन गर्दै आएको छ ।

यस्तै कम्पनीले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ, जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । कम्पनीले द बिज क्विज १, क्रस वार च्यालेन्स, डिजे गोल च्यालेन्ज, स्पोट द बलजस्ता क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ भने सो क्रियाकलापका विजेताहरूले आकर्षक गिफ्ट भउचर प्राप्त गर्नेछन् । सो योजनाअन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा ५० देखि ७४ प्रतिशतसम्म छुट पाउनेछन् । यसका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा शर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै बिजबजारको वेबसाइटमा गएर पनि यो सेवा लिन सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x