निप्पोन पेन्ट नेपाली बजारमा प्रवेश
कारोबारको आधारमा एसियामा अग्रणी रहेको रंग उत्पादक निप्पोन पेन्टले नेपालको सवारीसाधन खरिदपछिको बजारमा आफ्ना रंगहरू उपलब्ध गराउने योजना घोषणा गरेको छ ।
बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले निप्पोन पेन्टले सवारी साधनहरूको बाह्य सतहलाई परिपूर्ण तुल्याउनका लागि जापानबाट नेपालमा नवीतम पेन्ट प्रविधि ल्याएको बताए ।
आउँदो केही महिनाभित्र कोटिङका अलावा कारको हेरचाह तथा काठको बाहिरी सतहको लागि उत्पादनहरू ल्याउने पनि जानकारी दिए । भारतीय सञ्चालनका उपाध्यक्ष एलके घोले नेपालका उत्कृष्ट पेन्टरहरूलाई अन्य देशका समकक्षीहरूसँग मिलेर क्षेत्रीय र विश्वस्तरका सीप तालिममा सहभागी हुनका लागि प्रशिक्षित गर्ने र सहजीकरण गर्ने पनि योजना रहेको बताए ।
बजार प्रवेशसँगै निप्पोन पेन्टले विश्वका नव–आविष्कार तथा वर्गका उत्कृष्ट (वेस्ट इन क्लास) उत्पादनहरू नेपालमा प्रस्तुत गर्नेछ । निप्पोन पेन्टले वर्षको अन्त्यसम्म ६०० बडी र पेन्ट पसलहरूमा आफ्ना उत्पादन उपलब्ध गराएर कम्तीमा २० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखेको जनाएको छ । यसका साथै ५० नयाँ डिलरहरू नियुक्त गर्ने योजना रहेको कम्पनीको भनाइ छ । यसमध्ये एक वर्षभित्र कम्तीमा १० डिलरहरु निप्पोनको विशिष्ट रंग मिश्रण प्रविधि (कोर सुपेरियो कलर मिक्सिङ सिस्टम)मा केन्द्रीकृत हुनेछन् ।
नेपाली बजारका लागि व्यावसायिक निर्देशक दिवाकर मेहरोत्राले नेपालको अटोमोबाइल उद्योगका लागि एक सबल र जीवन्त पर्यावरण प्रणाली (इको सिस्टम) निर्माण सुनिश्चित गर्न उद्योगका संगठनहरू र सम्बद्ध सरोकारवालाहरूसँग साझेदारी गर्ने बताए । निप्पोन पेन्टका अटोमेटिभ उत्पादनहरू यसका प्रमुख आयातकर्ता रुचि ट्रेडिङमार्फत काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यकाभर उपलब्ध हुनेछ ।
निप्पोन पेन्टले यस वर्षको अर्धवार्षिक अवधिमा पोखरा, नारायणघाट, बुटबल, विराटनगर, इटहरी र अन्य क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ । हालका लागि अटोमेटिभ रिफिनिसिङ पेन्ट्स र एन्सिलरीहरू सुपेरिओ तथा एन–पावर ब्रान्डमा, गैर–पेन्टजन्य उपभोग्य वस्तु तथा समाधानका लागि एन–फोर्स ब्रान्डमा तथा वानके र एरोसोल उत्पादनहरू पाय्ल्याक् ब्रान्डमा तत्कालै बिक्री तथा प्रयोगका लागि उपलब्ध हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
- पाकिस्तानको रेलवे स्टेसनमा विस्फोटहुँदा १७ जनाको मृत्यु
- गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत : राष्ट्रसङ्घीय अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया