हुन्डाईको ईभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प
काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सुरु गरेको छ । कम्पनीले आफ्नो वि(भी) द चेन्ज अभियानअन्तर्गत सोमबारदेखि पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि पाँच दिने हुन्डाई ईभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्न लागेको हो ।
यो अभियानले कोना र आईओएनआईक्यू लाइन अपका तीन सयभन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ । कम्पनीका अनुसार यो कार्यक्रम प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारीधनीहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको हो । त्यस्तै कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व–जाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्नेछ । यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारीप्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँछ । यो कार्यक्रम थापाथलीस्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ । हुन्डाई नेपालले आफ्नो वि(भी) द चेन्ज अभियानअन्तर्गत विद्युतीय सवारीप्रति चेतना जगाउने र दिगो भविष्यको जग तयार गर्ने उद्देश्यले विभिन्न सामाजिक–आर्थिक र प्राविधिक अभियानहरू आयोजना गर्दै आएको छ । देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुमसहित हुन्डाईले विद्युतीय सवारीसाधनमा सबैको पहुँच बढाउने प्रयास गर्दै आएको छ ।
साथै कम्पनीले विभिन्न वाणिज्य बैंकहरूसँग साझेदारी गरी ग्राहकहरूलाई न्यूनतम समयमा सबैभन्दा सुलभ ब्याजदरमा विद्युतीय सवारी खरिद गर्न सघाउँदै आएको छ । हुन्डाईले सन् २०१९ मा कोना इलेक्ट्रिक लन्च गरेर विद्युतीय सवारीसाधनमा अलग पहिचान तयार गर्ने काम गरेको थियो । त्यसपछि पनि निरन्तर रुपमा राम्रो र भरपर्दो इलेक्ट्रिक कार ल्याइरहेको हुन्डाईको आईओएनआईक्यू फाइभ यसपालिको वर्ल्ड कार अफ द इयर– २०२२ जित्दै वर्षकै उत्कृष्ट कार बन्न पनि सफल भएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया