टीसीएलद्वारा नेपालमा ‘गुगल टिभी’ सार्वजनिक
काठमाडौं । टिभी ब्राण्ड टीसीएलले नेपालमा गुगल टिभी ल्याएको छ । कम्पनीका अनुसार गुगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ओएस हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रिनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन् ।
गुगल टिभीको प्रारम्भिक सेटअपपछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन् । कम्पनीका अनुसार होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन्, जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ । टीसीएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरूभन्दा एक कदम अगाडि रहेको कम्पनीको दाबी छ । यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु छन्, जसले गर्दा प्रयोगकर्ताहरुले टिभी चलाउँदा ज्यादै सहज र सजिलो महसुस गर्दछन् । योबाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट इन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको कम्पनीले जनाएको छ । गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटिकल्ली अपडेट गर्दछ ।
हालै टीसीएलले क्यामेरासहितको पी७८५ फोरके एचडीआर गुगल टिभी विथ क्यामेरा (७५ इन्च), सी७३५ क्यूएलईडी फोरके ६५ र ५५ इन्च र क्यामेरा नभएको पी६३५ फोरके एचडीआर ६५, ५५, ५० र ४३ इन्च गरी कुल तीन प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया