सामसङ इनोभेसन क्याम्पसको उद्घाटन
काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ । सामसङ इनोभेसन क्याम्पसको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए । यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ । यसले भविष्यको प्राविधिक सीपहरूमा युवाहरूलाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवाहरूलाई वास्तविक जागिरको लागि सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ, जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।
यस कार्यक्रममार्फत नेपालका युवाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्कले बताए । बिग डाटा र कोडिङ र प्रोग्रामिङ जस्ता उच्च प्रविधि क्षेत्रहरूमा उनीहरूको सीप वृद्धि गर्ने लक्ष्य राखेको उनको भनाइ छ । सामसङ इनोभेसन क्याम्पसअन्तर्गतका पाठ्यक्रमहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायतमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटको पुल्चोक क्याम्पसमा पढाइनेछ । पाठ्यक्रमहरूका लागि छनोट गर्नुपर्ने पूर्वशर्तहरूमा एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान समावेश छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङले प्रतिभा, समाज र व्यवसायलाई अगाडि बढाउने प्रयासहरू सामसङ इनोभेसन क्याम्पसको लक्ष्यसँग मिल्दोजुल्दो रहेको बताए । यसले आगामी पुस्तालाई उनीहरूको क्षमता वृद्धि गर्न र सकारात्मक नेतृत्व बनाउन आवश्यक उपकरणहरू उपलब्ध गराएर सशक्त बनाउने उनको भनाइ थियो ।
इन्जिनियरिङ इन्स्टिच्युटमा सामसङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन् । यसमा विद्यार्थीहरूलाई सामाजिक महत्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ, जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छ । कम्पनीका अनुसार शिक्षामार्फत युवाहरूलाई सशक्तीकरण गर्नु भनेको युवाहरूलाई साहसी भई भविष्यको संसारको सामना गर्न तयार गर्न सक्ने उत्तम तरिकाहरूमध्ये एक हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया