एनसेलद्वारा विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार २२औँ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ । अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवतः नेपालमा अहिलेसम्मकै ठूलो स्क्रिनहरुमध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा एक हजार नौ सयभन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रमस्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलखेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो । एनसेलको पाँच सय ९९ रुपैयाँमा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पास पाएका थिए । थपिएको ३० मिनेटमा ३–३ को बराबरी भएपछि टाइब्रेकरमा साबिकको विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकपको उपाधि जितेको थियो । मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारणपूर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतीमार्फत गीतसंगीतको आनन्द लिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया