Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइनड्राइभ नेपालको कानुनी निकायमा दर्ता प्रक्रियारत

इनड्राइभ नेपालको कानुनी निकायमा दर्ता प्रक्रियारत


काठमाडौं । राइडर एप इनड्राइभले नेपालको कानुनी निकायमा कम्पनी दर्ता गर्न प्रक्रिया सुरु गरेको जनाएको छ । सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनबमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रियामा रहेको कम्पनीले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

कम्पनीले १७ अक्टोबर २०२२ मा आवश्यक विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाएको जनाएको छ । यद्यपि, संस्था दर्ता प्रक्रियाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको कम्पनीको भनाइ छ । यस्तै कम्पनीले चालकबाट कुनै कमिसन नलिने जनाएको छ । साथै इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको उल्लेख गरेको छ । यसैगरी इनड्राइभले यात्रु र चालक दुवैका लागि सेवालाई सुरक्षित बनाउन प्रयास गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार एपले आफैँमा सुरक्षा प्रवर्द्धन गर्ने सुविधाहरू पनि समावेश गर्दछ, जसमा स्थान–साझेदारी सुविधा र स्थानीय पुलिससँग सिधै जोडिनसक्ने गरी आपत्कालीन कल बटन समावेश गरिएको छ । चालकहरूलाई यात्रुहरूलाई सेवा प्रदान गर्न अनुमति दिनुअघि कम्पनीको कोर टोलीले राम्ररी जाँच र प्रमाणीकरण गरेको जनाएको छ । साथै इनड्राइभ एक भरपर्दो र सुरक्षित यात्राको लागि परिचित रहेको रहेको कम्पनीको दाबी छ । सरकारी निकायहरुले समेत कम्पनीको दर्ता प्रक्रियालाई सहज र तीव्रता प्रदान गर्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x