नेपालमा ‘मेटा’को आधिकारिक बिक्रेताको रूपमा एचटीटी पूल बाई एल्फ नियुक्त
काठमाडौं । मेटाले एचटीटीपूल बाइ एल्फलाई नेपालमा आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ । यस नियुक्तिसँगै एचटीटीपूल बाई एल्फ स्थानीय विज्ञापनकर्ताहरू तथा एजेन्सीहरूलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्न योग्य हुने बताइएको छ ।
विश्वभर मेटाको सेल्स टिमको रूपमा मेटाका आधिकारिक बिक्रेताहरूले प्रतिनिधित्व गर्छन् । मेटाको आधिकारिक बिक्रेता बन्नको लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीहरूको लागि विश्वस्तरको सहायता सुनिश्चित गर्दछ । एल्फ, एचटीटीपूल बाइ एल्फको होल्डिङ कम्पनी, सन् २०१८ देखि आधिकारिक बिक्रेताको रूपमा आबद्ध भई मेटाको विकास मात्र नभई स्थानीय विज्ञापन जगतमा एजेन्सी तथा विज्ञापनकर्ताहरू र साना–मध्यम व्यवसायहरुलाई डिजिटल मार्केटिङमा मद्दत पु¥याउँदै आइरहेको छ । एल्फले डिजिटल मार्केटिङमा उत्कृष्टता कायम राखेको छ भने अफ्रिका, मध्य पूर्वी यूरोप र एसिया–प्रशान्त क्षेत्रसहित विश्वका धेरै क्षेत्रहरूमा स्थानीय टोलीहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ ।
‘नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा, एचटीटीपूल बाइ एल्फले विज्ञापनकर्ताहरूको लागि आन्तरिक सहायता तथा निर्देशनमा सहयोग पु¥याएको छ’, एचटीटीपूल बाइ एल्फका प्रबन्धनिर्देशक सन्नी नागपालले भने । मेटा प्लेटफर्म सम्बन्धी व्यापक जानकारी र अनुभव बोकेको एचटीटीपूल बाइ एल्फ मेटाको तर्फबाट प्रत्यक्ष प्रतिनिधि बनी मेटाका सम्पूर्ण प्रोडक्ट तथा सेवाहरु विज्ञापनकर्ताहरुका लागि उत्कृष्टरूपमा प्रदान गर्न सक्षम रहेको बताइएको छ ।
यसबाहेक, काठमाडौँमा स्थानीय उपस्थितिको साथ यस कम्पनीले स्थानीय र राष्ट्रिय भाषाहरूमा समेत रणनीतिक निर्देशन र अनुकूलन पक्षहरूमा सहायता र सुझाव प्रदान गर्दछ । त्यसका साथै, देशको आधिकारिक मुद्रा, नेपाली रुपैयाँमा बिलिङका लागि पनि यस कम्पनीको स्थानीय उपस्थितिले सहजता प्रदान गर्दछ । ‘एचटीटीपूल बाइ एल्फलाई मेटाको आधिकारिक बिक्रेताको रूपमा नेपालमा ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौँ । कम्पनीको मेटा प्लेटफर्मसम्बन्धी उत्कृष्ट अनुभव र विशेषज्ञताका साथ हामी स्थानीय व्यवसाय र एजेन्सीहरूको विकास तथा वृद्धिमा सहयोग प्रदान गर्नेछौँ’, मेटाका एपीएसीको लागि इमर्जिङ मार्केट्सका निर्देश, जोर्डी फोर्निजले भने ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया