राइजिङ मलमा बिजबजारको मल एक्टिभेसन
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन गरेको छ । कम्पनीले डिसेम्बर २४ देखि सञ्चालन गरेको मल एक्टिभेसन जनवरी ४ सम्म रहने जनाएको छ ।
बिजबजारका अनुसार सेवाग्राहीहरूका लागि उपलब्ध हुने रोमाञ्चक अफर र छुटहरूको फाइदा उठाउनका लागि यो उत्कृष्ट अवसर हो । साथै यो अवसरमा सेवाग्राहीहरूले बिजबजारको वेबसाइटमा एकाउन्ट दर्ता गरी विभिन्न क्रियाकलापमा सहभागी भई आकर्षक गिफ्टहरू समेत जित्न सक्ने छन् । योसँगै सेवाग्राहीहरूले पाँच सय रुपैयाँको छुट पनि प्राप्त गर्न सक्नेछन् । मल एक्टिभेसनमा सेवाग्राहीहरू सहभागी भई बिजबजारका विभिन्न ब्रान्ड, अफर साथै अन्य सुविधाको जानकारी लिनसक्ने कम्पनीले जनाएको छ ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै कम्पनीको वेबसाइटबाट पनि यो सेवा लिन सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया