सामसुङका दुई नयाँ फोन
काठमाडौं, फागुन २८
सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ नेपालमा सार्वजानिक गरेको छ । आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशेषताहरुः विद्यमान रहेका छन् ।
कम्पनीका अनुसार ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा उत्कृष्ट क्यामरा राखिएको छ । मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु विशेष सुविधाका साथ यसमा रहेका छन्, क्यामरामा भएका विशेषताहरुले गर्दा ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मार्फत् उत्कृष्ट एवं जीवन्त फोटो खिच्न सकिन्छ । ग्यालेक्सी ए७१ मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए५१ मा ४८ मेगापिक्सलको क्यामरा राखिएको छ । कम्पनीका अनुसार यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्दछ । यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटो सम्पूर्ण विवरणसहित खिच्न सक्दछ । साथै डेप्थ क्यामराको लाइभ फोकस इफेक्टको मद्दतले फोटोहरु झन् राम्रो देखिन्छ ।
साथै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा सहजै भिडियोकैद गर्ने क्षमता रहेको छ । सुपर भिडियो मोडले खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउँछ । दौडिंदा, हाइकिङ्गमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा सुपर स्टेडि भिडियोको सुविधाले गर्दा उत्कृष्ट भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी ए ७१ मा चार हजार पाँच सय मेगाहर्ज र तथा ग्यालेक्सी ए५१ मा चार हजार मेगाहर्जको ब्याट्री राखिएको छ, जसले गर्दा विना रुकावट दिनभर फोनको प्रयोग गर्न सकिनेछ । साथै २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ्ग क्षमताले छिटो मोबाइल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यी दुबै फोन तीन वटा कलरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले ग्यालेक्सी ए७१ को मूल्य ४९ हजार नौ सय ९९ रुपैयाँ र ग्यालेक्सी ए७१ को मूल्य ३८ हजार तीन सय ९९ रुपैयाँ तोकेको छ । यी दुवै स्मार्टफोनहरु बिहीबारदेखि नेपाली बजारमा सहजै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया