Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङद्वारा वासिङ मेसिनको इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी

सामसङद्वारा वासिङ मेसिनको इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी


काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुवात गरेको छ ।

सामसङको यो पहलले आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुत बनाएर ग्राहकहरूको मन जित्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले ई–वेष्ट न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ । आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरुमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी, आफ्ना उपकरणहरुको गुणस्तरलाई अझ मजबुत बनाई उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार डिजिटल इन्भर्टर टेक्नोलोजीले ऊर्जा दक्षता र कार्यसम्पादनमा फ्रिज र वासिङ मेसिनजस्ता ठूला उपकरणहरू लामो समयसम्म टिक्नेलगायत धेरै कुराहरूमा प्रभाव पार्छ । २० वर्षको वारेन्टीको सुविधाले यस कोर कम्पोनेन्टहरुको एकताको सुरक्षा गर्दै उपकरणहरूको प्रयोग समेत विस्तार गर्ने बताइएको छ ।

यस्तै डिजिटल इन्भर्टर कम्प्रेसरले मानक सिंगल–स्पिड कम्प्रेसरको विपरीत एकनासको गतिमा काम गर्न सक्छ, जसको मद्दतले बन्द गर्ने वा पूर्ण गतिमा सञ्चालन गर्ने भन्ने कुरा निर्धारण गर्छ । डिजिटल इन्भर्टर कम्प्रेसर लगभग सधैँ सक्रिय हुन्छन् तर यसले फरक गतिमा पनि काम गर्न सक्ने कम्पनीको भनाइ छ । यसको महत्वपूर्ण कुरा भनेको लागत बचत, कम कार्बन फुटप्रिन्ट, कम आवाज र कम्प्रेसरलाई लामो समयसम्म टिकाउने हो । साथै सामसङको डिजिटल इन्भर्टर टेक्नोलोजीले सबै उपकरणहरूमा दिगोपनको साथ आफैंमा अलग पहिचान बनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x