Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलुक्ला विमानस्थलमा बढ्यो राजधानी फर्किने यात्रुको चाप

लुक्ला विमानस्थलमा बढ्यो राजधानी फर्किने यात्रुको चाप


सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट राजधानी फर्किने यात्रुको चाप अत्यधिक बढेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो केही दिन उडान ठप्प हुँदा अहिले लुक्लाबाट राजधानी फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

अहिले तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट दैनिक सातवटाभन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौँ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् भने फर्किँदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् ।

चिसो छल्न खुम्बु छोड्ने स्थानीयको संख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो । जसका कारण एयरलाइन्सहरुको टिकट काउन्टरहरुमा पनि यात्रुको चाप अधिक रहेको बताइएको छ । मौसमका कारण पुस १४ गतेबाट उडान ठप्प बनेको लुक्लामा मौसममा सुधार भएसँगै सोमबारबाट नियमित उडान भइरहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x