आफ्नै नाममा दर्ता गरेको सिमकार्ड मात्रै प्रयोग गर्न टेलिकमको आग्रह
काठमाडौं । नेपाल टेलिकमले आफ्नै नाममा दर्ता गरेको सिमकार्ड मात्रै प्रयोग गरी डिजिटल रुपले सुरक्षित रहन ग्राहकहरुलाई आग्रह गरेको छ ।
कम्पनीका अनुसार हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ कारोबार, सेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ । यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान् र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पु-याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै सम्वेदनशील वस्तुका रुपमा पनि स्थापित हुन गएको छ । आफूले प्रयोग गरिरहेको/गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा उक्त सम्पूर्ण कार्यहरु सुरक्षित ढंगले सम्पन्न गर्न सकिने अवस्था रहेको कम्पनीको भनाइ छ ।
प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिङ कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैँ रहने कम्पनीले जनाएको छ । यस अवस्थामा प्रयोगकर्ताको मोबाइल बंैकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ । यस्तो अवस्थाबाट सुरक्षित रहन टेलिकमले सम्पूर्ण ग्राहकहरुलाई आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न आग्रह गर्दै आएको छ ।
टेलिकमका अनुसार मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबारलगायत सम्वेदनशील गतिविधि हुने परिकल्पना नगरिएकोमा समय क्रमसँगै विकसित प्रविधिका कारण हाल यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ । यस्तो अवस्थामा मुख्यतः मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटीपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन पनि टेलिकमले आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया