भिभोले सन् २०२३ का योजना सार्वजनिक गर्दै
काठमाडौं । भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीका अनुसार भिभोका लागि सन् २०२२ निकै अद्भुत रह्यो, डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ । भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्सलगायत अत्याधुनिक विशेषताहरुमार्फत ग्राहकलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ । स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतीक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्नेछ । नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले एक हजार पाँच सय प्लस रिटेल स्टोर र चारवटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ । विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
भिभोले सन् २०२२ मा महत्वपूर्ण फ्ल्यागशिपहरू, विशेष गरी भी२३ र भी२५ सिरिजहरु सार्वजनिक गरेको थियो । यस्तै कम्पनीले वाई ३३ एस, वाई०१, वाई५५, वाई १५ सी, वाई ३५, वाई२२, वाई १६ र वाई २२ एसको लन्चहरूसँगै ब्रान्डको बजेटमैत्री र सुविधायुक्त वाई शृंखलाले पनि विस्तार गरेको थियो । यसबाहेक, ब्रान्डको वाई२०, वाई२१ ई र वाई२३ ई स्मार्टफोनहरूको मूल्य क्रमशः २० हजार नौ सय ९९ रुपैयाँ र ३७ हजार नौ सय ९९ रुपैयाँ र ४१ हजार नौ सय ९९ रुपैयाँमा घटाएको छ । साथै भिभोले भी२३ फाइभजीमा कलर चेन्जिङ ग्लास प्रविधि ल्याएको थियो भने भी२५ फाइभजीमा ५०एमपी फ्रन्ट क्यामेरा, ४५०० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज ल्याएको छ । रङ परिवर्तन हुने ग्लास प्रविधिले स्मार्टफोनको डिजाइनलाई परिभाषित गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया