Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेकोका उत्पादनहरुमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी

बेकोका उत्पादनहरुमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी


काठमाडौं । युरोपको टप होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिदमा एक वर्षसम्मको पार्ट्स वारेन्टी प्रदान गरिएको छ । बेकोका सम्पूर्ण उत्पादनहरुमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको कम्पनीको भनाइ छ ।

हालै कम्पनीले जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने सामानहरु खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङ मेसिन र वासर ड्रायरको खरिदमा छ किलोको सर्फ एक्सेल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ । साथै एअर कन्डिसनरको खरिदमा चार हजार रुपैयाँबराबरको फ्रि इन्स्टलेसन पाइन्छ । उक्त योजना सीमित अवधिका लागि लागू गरिएको छ । कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x