महाकुलुङ चक्रपथ निर्माणको काम ९० प्रतिशत सम्पन्न
महेन्द्र शाही
सोलुखुम्बु, फागुन २९
महाकुलुङ चक्रपथ (रिङरोड) सडक निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सागर किराँतीसहित टोलीले सोमबार उक्त सडक खण्डको निरीक्षण गर्दा निर्माणको १० प्रतिशत मात्रै काम बाँकी रहेको पाइएको गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको रिङरोडले गाउँपालिकाको पाचवटै वडा केन्द्रलाई छुनेछ । जसको दूरी ४१ किलोमिटर रहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । निर्माणक्रममा मुद्दा परेकाले केही समय ढिला भएको अध्यक्ष किराँतीको भनाइ छ । अदालतको फैसलापछि अहिले निर्माणको कामले तीव्रता लिएको उनको भनाइ थियो ।
२०७४ फागुनदेखि निर्माण सुरु भएको रिङरोड सम्पन्न गर्न १० करोड लागत इस्टिमेट गरिएको छ । १० करोडको लागतमा सुरु भएको कामको हालसम्म साढे सात करोड खर्च भइसकेको गाउँपालिकाले जनाएको छ । सडकको निरीक्षणपश्चात् अबको दुई महिनाभित्र गौरवको आयोजनामध्ये एकवटा आयोजना रिङरोड निर्माण सम्पन्न हुने जनाइएको छ । बाह्रै महिना सञ्चालन हुने दाबी गरिएको रिङरोड निर्माण भएपछि गाउँपालिका केन्द्रसम्म आउँदा पाँच घण्टासम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय तहको निर्वाचनका बेला गरिएको प्रतिबद्धताअनुसार नै काम भइरहेको भन्दै महाकुलुङबासीले स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । जनचाहनाअनुसारको काम भइरहेको भन्दै संघीयताको आभास भएको उनीहरुको भनाइ छ । स्थानीय सरकार आउनुपहिले सदरमुकाम सल्लेरीसम्म हिँडेर आउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया