Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६औँ वार्षिक साधारणसभा

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६औँ वार्षिक साधारणसभा


काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा काठमाडौंको बालुवाटारस्थित टाइम्स स्क्वायर लाउन्जमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाबाट पेश भएको गत आर्थिक वर्षको वार्षिक आर्थिक विवरणसहितको वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । त्यस्तै गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन र सोही आर्थिक वर्षको वार्षिक वित्तीय विवरणअन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचीहरू साधारणसभाले स्वीकृत गरेको छ ।

साधारणसभाले चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सर्वसम्मतले स्वीकृत गरेको छ । साधारणसभामा सेयरधनीहरुले पुस मसान्तसम्म साधारणसभा गरेर जरिवानाबाट बच्नु राम्रो भए पनि आगामी वर्षदेखि पुस महिनाअगाडि नै साधारणसभा सम्पन्न गर्न सुझाव दिएका थिए । त्यस्तै उनीहरुले कम्पनीको हकप्रद निष्काशनमा भइरहेको ढिलाइबारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा अध्यक्ष इन्द्र बहादुर थापाले विद्युत् नियमन आयोगबाट हकप्रदको लागि स्वीकृति प्राप्त हुने क्रममै रहेकोले आयोगबाट स्वीकृति आएपछि थपप्रक्रियाअगाडि बढ्ने बताए । उनले सिनर्जीले लगानी गरेको कम्पनीले निर्माण गर्ने आयोजनाको २५ प्रतिशत प्रगति भएपछि मात्र हकप्रदको लागि स्वीकृति प्राप्त हुने समेत बताए । यही प्राविधिक कारणले हकप्रदमा ढिलाइ भए पनि अब भने २५ प्रतिशत प्रगति भइसकेकोले अब माघ महिनामा स्वीकृति आइसक्ने उनको भनाइ छ ।

अध्यक्ष थापाले लाभांश दिनसक्ने अवस्था रहे पनि कम्पनीले त्यसलाई ऋण तिर्न र अन्य लगानी गर्ने प्रयोग गरेकोले आगामी वर्षदेखि उचित प्रतिफल दिने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x