Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकम्बोडियाको राजधानीमा नेपाली रेस्टुरेन्ट वर्ल्ड दरबार’

कम्बोडियाको राजधानीमा नेपाली रेस्टुरेन्ट वर्ल्ड दरबार’


काठमाडौं । कम्बोडियाको राजधानीमा फोनेम पेनमा नेपाली रेस्टुरेन्ट ‘वल्र्ड दरबार’ सञ्चालनमा ल्याइएको छ ।

गलकोट नगरपालिका हटिया ३, बाग्लुङमा जन्मिएर कम्बोडिया कर्मभूमि बनाएका प्रदीप अधिकारी लगायतका टिमले वोल्ड दरबार होटल, रेस्टुरेन्ट एन्ड स्काइ बार सञ्चालनमा ल्याएको हो ।

उक्त रेष्टुरेन्टमा लालसिंह खड्का, खिम खड्का र अधिकारीसहित तीन जनाको संयुक्त लगानी छ ।

विगत १० वर्ष अगाडिदेखिको योजना कार्यान्वयनमा ल्याएको सञ्चालक अधिकारीले बताए । कम्बोडियामा नेपाली खानाको परिकारको स्वाद चखाउन आफूहरुले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x