Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसगरमाथा क्षेत्रमा विदेशी पर्यटक आउन थाले

सगरमाथा क्षेत्रमा विदेशी पर्यटक आउन थाले


सोलुखुम्बु । हिमपात नभएपछि सगरमामाथा क्षेत्रमा फाट्टफुट्ट मात्रामा विदेशी पर्यटक आउन थालेका छन् । पछिल्लो तीन दिनमा ९५ जना पर्यटक खुम्बु भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बु भित्रिनेमा विदेशी पर्यटक ७१ जना, नेपाली पर्यटक दुई जना, पोटर १८ जना र गाइड चार जना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए । उनीहरूबाट दुई लाख १५ हजार एक सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।

हिउँ पर्दा चिप्लने तथा पदमार्ग समेत पुरिने भएकाले विगतका वर्षमा अफसिजनमा पर्यटहरू खुम्बु जाँदैन थिए । तर अहिले हिउँ नपरेकाले सोलुखुम्बुको टाक्सिन्दु हुँदै पर्यटकहरू क्रमशः खुम्बु क्षेत्र गइरहेको अधिकृत उपाध्यायले बताए । कतिपय भने तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट काठमाडौं आवजावत् गर्नेगरेका छन् । अहिले खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी जाडो छल्नका लागि बाहिर जिल्ला तथा राजधानी काठमाण्डौँ तर्फ गएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x