पोखरामा फोर्सको आधुनिक सर्भिस सेन्टर
काठमाडौं । फोर्स मोटर्सको आधिकारिक बिके्रता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरुलाई बिक्रीपछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ ।
उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव बहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्रीप्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । यस अगाडि चाउथेमा सञ्चालित फोर्स मोटर्सको शोरुम सञ्चालनमा आइसकेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधासहित गाडी मर्मत गर्न सक्नेछन् । करिब सात रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्रीपछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्य राखिएको जानकारी उक्त आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धनिर्देशक निरन के.सीले जानकारी दिए ।
विगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टलले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्रीवितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री बितरण गर्दै आइरहेको छ । साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन् । काठमाडौंको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा रहेको छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरु समेत नेपाली बजारमा छिट्टै ल्याउन लागेको छ भने केही समयअघि मात्रै गुर्खा जिप नेपाली बजारमा ल्याएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया