Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्प्राइटको समर क्याम्पेन : ‘स्प्राइट लगाऔं, प्यास बुझाऔं’

स्प्राइटको समर क्याम्पेन : ‘स्प्राइट लगाऔं, प्यास बुझाऔं’


काठमाडौं, फागुन ३०
स्प्राइटले समर क्याम्पेन ‘स्प्राइट लगाऔँ, प्यास बुझाऔँ’को टीभीसी सार्वजनिक गरेको छ । गर्मी आएसँगै स्प्राइटले उपभोक्ताहरुलाई शीतल राखेर घामको तापमा पनि स्प्रष्टसँग सोच्नसक्ने अल्टिमेट रिफ्रेसरको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । नयाँ टीभीसीमा स्प्राइटकै ब्राण्ड एम्बेसडर अनमोल केसी रहेका छन् । ‘यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ, जहाँ हामी सार्वजनिक यातायातमा आपत्तिजनक व्यक्तिहरुको सामना गर्छौँ जो कोलाहलपूर्ण र देखावटी गर्ने स्वभावका हुन्छन्, जसले सबैको सवारीलाई अप्रिय र असह्य बनाउँछ । टीभीसीको सुरुवातमा गर्मीको दिनमा पसिनाले धेरै भिजेका अनमोल केसी बसस्टपमा बस पर्खिरहेका हुन्छन् ।

अनमोल बसमा चढ्छन् र एउटा मात्र खाली रहेको सिटमा बस्न लागिरहँदा एक जना आपत्तिजनक मानिसले उसलाई धक्का दिएर आफू बस्छ । पहिले नैै बस एकदम भीड थियो त्यसमाथि गर्मी पनि थियो तर त्यो मानिसको असभ्य व्यवहारले अझ बढी असह्य बनाइरहेको हुन्छ । उसले बसको सहचालकसहित सबैलाई दिक्दार बनाउँदै एसीको माग गरिरहेका हुन्छन् र मौसमबारे गुनासो गरिरहेका हुन्छन् । जब उसको व्यहोराले सबैको पारो ततायो, अनमोल केसीले आफूलाई चिसो स्प्राइटले शान्त बनाए । त्यसपछि अनमोलले मान्छेलाई हेरे र तीक्ष्ण तरिकाले स्प्राइटको बोतल देखाउँदै ‘हाम्रो एसी’ भनेर उद्धृत गरे । असभ्य मान्छे आश्चर्यचकित भयो र अनुहारमा असजिलोपन महशुस गर्दै बस्यो ।

टीभीसीका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने, ‘हामी सबैले चुनौतिपूर्ण व्यक्तिहरु भेटेका हुन्छौं जसले कहिलेकाहीँ हाम्रो धैर्यताको जाँच गर्दछन् । स्प्राइट जहिले पनि एक रिफ्रेसिङ्ग पेय पदार्थको रुपमा परिचित छ जसले हामीलाई शान्त राख्न मद्दत गर्दछ । तसर्थ जब परिस्थितिमा समस्या उत्पन्न हुन्छ र हाम्रो धैर्यताको जाँच हुन्छ, तब चिसो स्प्राइट पिउनुहोस् र आफूलाई शान्त राख्नुहोस् ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x