Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफाप्लु विमानस्थल मुख्य प्रवेशद्वार सञ्चालन गर्न माग

फाप्लु विमानस्थल मुख्य प्रवेशद्वार सञ्चालन गर्न माग


सोलुखुम्बु । वर्षौँदेखि उपयोगविहीन बनेको फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार प्रयोगमा ल्याउन स्थानीयले माग गरेका छन् । राज्यको करोडौँ लगानीमा निर्माण गरिएको प्रवेशद्वार वर्षौँदेखि उपयोगविहीन भइरहँदा हवाई यात्रु भने असहज तवरबाट साँगुरो मार्ग प्रयोग गर्न बाध्य भएको उनीहरूले जतिसक्दो छिटो प्रवेशद्वार सञ्चालनमा ल्याउन माग गरेका हुन् ।

सोलुखुम्बुको फाप्लु वातावरणमैत्री टोल सुधार समितिले प्रवेशद्वार उपयोगविहीन हुँदा नागरिकले सास्ती खेप्नुपरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुलाई ध्यानार्कषण–पत्र समेत बुझाएको छ । मागको बेवास्ता गरेको खण्डमा नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा तालाबन्दी गर्नेसम्मको चेतावनी दिइएको छ । समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिकालाई बोधार्थ दिई ध्यानाकर्षणपत्र बुझाएको हो । समितिका अध्यक्ष दोर्जी तामाङले पहिलो चरणको कार्यक्रमलाई बेवास्ता गरे थप सशक्त संघर्षको कार्यक्रम अघि बढाउने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आठ करोड ७८ लाख रूपैयाँ लागतमा २०७७ सालमा निर्माण भएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेको छैन । विमानस्थल प्रवेश मार्ग प्रयोगमा आउन नसक्दा यात्रुहरू साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी, सुरक्षाकर्मीसहित यात्रुहरू पनि साँघुरो मार्गबाटै ओहोरदोहोर गर्ने गर्छन् । बिरामीलाई धावनमार्गसम्म लैजाँदा बाटो साँघुरो भएकाले स्टेचर नै छिराउन गाह्रो हुनेगरेको नागरिकको गुनासो छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x