जगदम्बा स्टिल्सद्वारा विद्यार्थीलाई सम्मान
काठमाडौं, फागुन ३०
शंकर गु्रपअन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत पाचौँपटक इन्जिनियररिङ अध्ययन संस्थान, थापाथली क्याम्पस हल प्राङ्गणमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोह आयोजना गरेको छ । उक्त कार्यक्रममा जगदम्बा स्टिल्सका पदम प्रसाईंले इन्जिनियरिङकी विद्यार्थी आयुषा खनाललाई स्वर्णपदकसहित ५१ हजार रुपैयाँको चेक प्रदान गरे । खनालले २०७२ सालमा इन्जिनियरिङ अध्ययन संस्थानद्वारा सञ्चालित परीक्षामा क्याम्पसमा प्रथम भएबापत उक्त पुरस्कार हासिल गरेकी हुन् ।
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोडा धर्मकान्त बाँस्कोटाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित यस कार्यक्रममा क्याम्पस प्रमुख जनार्दन भट्टलगायतको उपस्थिति थियो । शंकर ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया