Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’

७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले ७० प्रतिशतसम्मको छुट सहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’ क्यापेन संचालनमा गर्ने भएको छ ।

‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते ‘२० मा बीज’ क्याम्पेन सञ्चालन गर्ने गरेको छ । माघ महिनाको यस योजना अन्तर्गत बिहीबार मध्येराती देखी शुक्रबारसम्म यो क्याम्पेन लाईभ संचालनमा रहनेछ भने केही योजनाहरू माघ २२ गतेसम्म हुने कम्पनीले बताएको छ ।

शुक्रबार कम्पनीले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ, जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा ५० देखी ७० प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस योजनाका लागी कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x