Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’

‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’


काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताएका छन् । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीसहितको कार्यसमितिलाई परिसंघमा स्वागत गर्दै उनले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद समेत दिए ।

यस्तै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे । मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले विना प्रोभिजन ऋणको पुनःसंरचना, पुनर्तालिकीरण गरी सहयोग गर्नुपर्ने उनले बताए । यस्तै उनले उद्योगहरुको प्रवद्र्धन गर्न बेसरेटमा दुई प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे । अध्यक्ष अग्रवालले चालू पुँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाइमा एकरुपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल सञ्चालन गर्न समेत आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफैँ पनि गर्नसक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो निष्क्रिय ऋण रहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x