सामसङ ग्यालेक्सी एस२३ सिरिज फोनको प्रि–अर्डर खुल्ला
काठमाडौं । सामसङले ग्यालेक्सी एस सिरिज फोनको प्रि–अर्डर नेपालमा पनि खुल्ला गरेको छ । कम्पनीले एस सिरिजको ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३+ र ग्यालेक्सी एस२३ लाई २०२३ को फेब्रुअरी १ मा ग्लोबल अनावरण गरेको थियो ।
ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि अर्डर खुल्ला गरिएको घोषणा गरेको हो । कम्पनीका अनुसार सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्छ । यस्तै ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दीर्घकालीन गेम प्ले उपलब्ध गराउँछ । यो सामसङको क्वालकमसँगको सहकार्यले एक्सक्लुसिभ चिपसेट इन्हान्स्मेन्टद्वारा समर्थित छ । सामसङका निर्देशक प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी एस२३ सिरिजलाई आधिकारिक प्रिअर्डर वेबसाइट सीएमएस–पीआरडी डट माई ग्यालेक्सी–एनबीएस डट कम÷एनपी–एस२३–प्रिअर्डरमा दर्ता गरी प्रिअर्डर गर्न सकिनेछ । यसका साथै नजिकको सामसङ फोन स्टोरहरूमा जान सकिनेछ । प्रिअर्डर अफरहरू फेब्रूअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछन् । प्रिअर्डरमा आकर्षक उपहार समेत पाइनेछ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२३ अल्ट्रा (१२+५१२ जीबी) को मूल्य दुई लाख नौ हजार नौ सय ९९ रुपैयाँ, एस२३ अल्ट्रा (१२+२५६ जीबी) को मूल्य एक लाख ९१ हजार नौ सय ९९ रुपैयाँ, एस२३ प्लस (८+२५६ जीबी)को मूल्य एक लाख ५१ हजार नौ सय ९९ रुपैयाँ र एस२३ बेस (८+२५६ जीबी) को मूल्य एक लाख २७ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ । अमेजिङ लाभहरूले भरिएको एस२३ सिरिज छ हजार चार सय रुपैयाँबाट सुरु हुने मासिक शून्य प्रतिशत ब्याज दरमा ईएमआईमा पनि उपलब्ध हुनेछ । सामसङले एक वर्षको लागि एक पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउँदै छ । यस्तै कम्पनीले सामसङका फोनहरुमा आफ्नो स्तरवृद्धि गर्न चाहनेहरूले आठ हजार रुपैयाँसम्मको विनिमय लाभहरू पनि उपलब्ध गराउँदै छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया