Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवडालाई एम्बुलेन्स सहयोग

वडालाई एम्बुलेन्स सहयोग


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर–६ की चन्द्रमाया गिरीले वडालाई एम्बुलेन्स सहयोग गरेकी छिन् । आफू ८४ वर्ष पुगेको अवसर पारेर उनले वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरेकी हुन् ।

आफूले घरमै सुत्केरी हुनुपर्दा भोगेको समस्या र बिरामी पर्दा एम्बुलेन्स अभावमा अस्पतालसम्म पुग्न नसकेको विगतलाई सम्झेर वडालाई व्यक्ति रूपमा नयाँ एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेको जानकारी दिइन् । दुई छोरा र दुई छोरीसहित चार सन्तानलाई स्वास्थ्य चौकी र सवारी अभावमा घरमै सुत्केरी गराउनुपर्दाको पीडालाई सम्झेर एम्बुलेन्स सहयोग गरेको उनको भनाइ थियो ।

आइतबार ८४ वर्ष पुगेको खुसीमा चौरासी मनाउँदै उनले बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती र वडा अध्यक्ष अशोककुमार तामाङलाई घरमै बोलाएर गाउँका पण्डितबाट पुजापाठ गरी एम्बुलेन्स हस्तान्तरण गरेकी हुन् । उनलाई एम्बुलेन्स खरिद गर्न उनका सन्तानले सहयोग गरेका थिए । एम्बुलेन्सको साँचो बुझ्दै बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले लाखौँ मूल्यको एम्बुलेन्स सहयोग गरेको भन्दै चन्द्रमाया गिरी परिवारलाई धन्यवाद दिए ।

एम्बुलेन्स नियमित सुचारु गर्न गाउँपालिकाले इन्धन तथा चालकको व्यवस्थापन वडासँग समन्वय गरेर गर्ने बताए । एम्बुलेन्स बुझ्दै वडा अध्यक्ष अशोक कुमार तामाङले एम्बुलेन्स सहयोग गर्ने चन्द्रमाया गिरीलाई सम्मान गर्ने बताए । चन्द्रमायाका छोरा सूर्य बहादुर गिरीले आमाको इच्छाअनुसार एम्बुलेन्स सहयोग गरेको बताए । (ख) वर्गको एम्बुलेन्स वडालाई उपलब्ध गराउन करिब २७ लाखबराबर लागेको गिरीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x