डिशहोमले कोरियन गीत तथा सिरिज प्रसारण गर्ने
काठमाडौं, चैत २
डिशहोमले कोरियन गीत तथा सिरिज प्रसारण हुने च्यानल सुरु गर्ने भएको छ । कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्तामाझ पनि निकै लोकप्रिय रहिआएको छ । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले केवल्ड च्यानल सुरु गर्न लागेको जनाएको छ । के पप, माई लिटिल बेबी, रिचमेन, किङ द लभ, मिटिङ हर्ट आदिजस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रसारण हुनेछ ।
यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागि उपलब्ध गराइएको डिशहोमले जनाएको छ । साथै डिशहोम गो (ओटीटी) एपमा पनि यो च्यानल हेर्न सकिनेछ । नेपाली टेलिभिजनको दर्शकमाझ विभिन्न आफ्नै एक्सक्लुसिप च्यानलहरु सञ्चालन गरिरहेको डिशहोमले सञ्चालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया