म्यानहन्ट इन्टरनेशनल : मिस्टर पर्सनालिटीको उपाधि नेपालका विवेशले जिते
काठमाडौं, चैत २
प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित म्यानहन्ट इन्टरनेशनलको २९औँ संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि जितेका छन् । डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख उपेन्द्र प्रधान र मार्केटिङ प्रमुख अभय गोर्खालीले श्रेष्ठलाई उनको विशेष उपलब्धिका लागि बधाई दिनुका साथै सम्मान प्रदान गरेका थिए ।
सोही कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेर एमओयुमा हस्ताक्षर गरेका छन् । श्रेष्ठले प्रतियोगिताको अनुभवहरु सुनाउँदै आफूले ३५ देशका प्रतियोगीहरुमध्ये यो उपाधि जित्दा आफूलाई गर्व महशुस भएको बताए । उनले आफूलाई यस यात्रामा साथ दिने सबै जनामा कृतज्ञता ज्ञापन गरे । यसका साथै डाबर नेपाललाई निरन्तर साथ र अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने मौका प्रदान गरेकोमा आभार प्रकट गरे ।
विगत ६ वर्षदेखि डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले संयुक्त रुपमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल सञ्चालन गर्दै आएका छन् । यस वर्षको म्यानहन्ट इन्टरनेशनल नेपालको सातौँ संस्करणमा पनि प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर्ससँग संयुक्त रुपमा सञ्चालन गर्न लागेको छ । यस कार्यक्रमको फिनाले चैत १२ गते हुने भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया