१४औं टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेता घोषित
काठमाडौं, चैत २
युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (टोयोटा)ले १४औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका भाग्यशाली विजेताहरुको नामावली घोषणा गरेको छ । भोईथ कम्प्लेक्समा शुक्रबार आयोजना गरिएको एक समारोहमा विजेताहरुलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो । डिसेम्बर २०१९ देखि फेबु्रअरी २०२० सम्म सञ्चालन भएको यस कला प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट एक हजारभन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रविष्टिहरुमध्ये प्रत्येक प्रविष्टि कोटीका शीर्ष ३ कलाकृतिहरु विजेताको रुपमा चयन गरिएको थियो, जुन जापानमा आयोजना गरिने वर्ल्ड कन्टेष्ट २०२१ का लागि नेपालको प्रतिनिधित्व गर्दै प्रवेश गर्न सफल भएका थिए ।
कम्पनीका अनुसार उक्त प्रतियोगिताले विश्वका हरकुनामा रहेका बालबालिकाहरुलाई गतिशीलताको भविष्यप्रति उनीहरुको विचारधारा उनीहरुको ड्रिम कारका चित्रहरुमार्फत साझा गर्नका लागि आमन्त्रण गर्दछ । हरेक महान् विचार सपनाको झलकबाट पैदा भएका कारण यस क्रियाकलापले पनि आउँदो पुस्ताका महान् आविष्कारक, चिन्तक र कल्पनाशील व्यक्तिहरुको रचनात्मकता उजागर गर्दछ भन्ने कुरामा टोयोटा निकै आशावादी रहेको बताएको छ । सन् २००४ देखि सञ्चालन हुँदै आएको यस कला प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा रहेको बताएको छ । सन् २०१९ मा मात्र विश्वभरका ८६ मुलुक र क्षेत्रहरुबाट ९ लाख ५० हजार प्रविष्टिहरु आएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया