Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिजबजारको भ्यालेन्टाइन विक क्याम्पेन

बिजबजारको भ्यालेन्टाइन विक क्याम्पेन


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइन्स डेको अवसरमा एक हप्ता वि आवर भ्यालेन्टाइन नामक क्याम्पेन सञ्चालनमा ल्याएको छ । कम्पनीले फेब्रुअरी ७ देखि भ्यालेन्टाइन्स डे फेब्रुअरी १४ सम्म उक्त भ्यालेन्टाइन विक क्याम्पेन सञ्चालन गर्न लागेको हो ।

यस क्याम्पेन अवधिभरमा सेवाग्राहीहरूले खरिद गर्ने सामग्रीमा कम्पनीले ३० देखि ७० प्रतिशतसम्म छुट दिने जनाएको छ । यस क्याम्पेनअन्तर्गतको गिफ्ट फर हिम/हर योजनामा ५५ प्रतिशतसम्म, लभ फर फेसन योजना, लभ फर ग्याजेट योजना र लभ फर सेल्फ कियर योजनामा ३० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

यस्तै लभ फर कम्फर्ट योजनामा ७० प्रतिशतसम्म छुटसहित अन्य आकर्षक अफरहरू पनि प्राप्त गर्न सकिने बताइएको छ । साथै कम्पनीले दुई हजार रुपैयाँमाथिको खरिदमा दुई सय रुपैयाँबराबरको भौचर पनि प्रदान गर्नेछ । यो भौचर ग्राहकले मायालु कोड प्रयोग गरी २८ फेब्रुअरीभित्र प्रयोग गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x