Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको २५औँ वार्षिकोत्सव

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको २५औँ वार्षिकोत्सव


काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाएको छ । रूपन्देहीको भैरहवामा निर्माणसम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेको पाँचतारेस्तरको सिद्धार्थ इन्टरनेशनल होटल परिसरमा औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए । उनले प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पर्यटन उद्योगले आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले व्यवसाय सञ्चालनका अनुकूल वातावरण सिर्जना गर्ने कुरालाई आफूले सधैँ प्राथमिकतामा राखेको बताए ।

यस्तै ग्रुपले २५औँ वार्षिकउत्सवको अवसरमा प्रत्येक महिना लक्की ड्र गरेर हरेक शाखामा एक जना ग्राहकलाई एक सय रुपैयाँमा होटलको रुम उपलब्ध गराउने जनाएको छ । समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफे, आईटी, कृषि, ट्रेडिङ, होटल व्यवस्थापन एकेडेमी गरी ३२ कम्पनी पुगेका छन् ।

न्यौपानेका अनुसार जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको छ । समूहका सबै शाखामा गरी हाल एक हजार छ सय जनाले रोजगारी पाएका छन् । कार्यक्रममा देशभर सिद्धार्थले सञ्चालन गरेका होटल तथा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरूमध्ये विभिन्न विधा र शाखाका उत्कृष्टहरूलाई नगद राशी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x