Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेट्रो अटो सेन्टरको दशौँ वार्षिकोत्सव

मेट्रो अटो सेन्टरको दशौँ वार्षिकोत्सव


काठमाडौं । होन्डा कम्पनीका उत्पादन होन्डा मोटरसाइकल तथा स्कुटरहरु बिक्रीको लागि भक्तपुर गठ्ठाघरस्थित स्याकार कम्पनीको अधिकृत बिक्रेता मेट्रो अटो सेन्टरले दशौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुसहित मनाएको छ । उक्त कार्यक्रमको उद्घाटन पूर्वउद्योगमन्त्री महेश बस्नेत र होन्डा स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योतिले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटो व्यवसायले महत्वपूर्ण योगदान गरेको बताए । यस्तै स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योतिले होन्डाको बजार सेयर झण्डै ३९ प्रतिशत रहेको बताए । यसै अवसरमा होन्डा मेट्रोको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंलाई मेट्रो अटोबाट २५ हजार र स्याकार ट्रेडिङ्ग कम्पनीको तर्फबाट ५० हजारको चेक हस्तान्तरण गरिएको थियो ।

मेट्रो अटोका अध्यक्ष शारदा देवी लुइँटेलले मेट्रो अटोबाट सदैव भक्तपुरबासीलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x