टाटा जेनभोल्टज जेनेरेटरको उत्साहजनक बिक्री
काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्ट्ज जेनेरेटरले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भइरहेको कम्पनीले जनाएको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिको अनुसार सन् २०२२ को बीचमा बिक्रीवितरण सुरु गरेको टाटा जेनभोल्ट्ज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको छ ।
टाटा जेनभोल्ट्ज जेनेरेटरको बिक्रीमा उत्साहजनक ढंगले वृद्धि भइरहेको पनि कम्पनीको दाबी छ । विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्ट्ज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ । त्यसैले बढीभन्दा बढी उपभोक्ताहरुमा यसप्रति आकर्षण देखिरहेको कम्पनीको भनाइ छ । टाटा मोटर्सको अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ । सीपीसीबी २ सम्बन्धी उत्सर्जन मापदण्डअन्तर्गत तयार गरिएको टाटा जेनभोल्ट्जले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाउँछ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ ।
सिप्रदी ट्रेडिङ्गका ब्याट्री डिभिजनका प्रमुख सुरेश कुमार तिवारीले टाटाको जेनभोल्ट्जले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित प्रयासमा एक नयाँ ऊर्जा प्रदान गरिरहेको बताए । निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई उपयुक्त यो उत्पादन २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया