हुन्डाईको विद्युतीय गाडीमा अफर योजना
काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत खरिदकर्ताले हुन्डाईको विद्युतीय गाडी खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड वोस्कको वाशिङ मेसिन उपहार प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले समयसापेक्षअनुसार आफ्ना ग्राहकहरुलाई आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको छ । अहिलेको आवश्यकताअनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र । कम्पनीका अनुसार हुन्डाई कोना तथा आयोनिक ५ नेपालको विद्युतीय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ । यी दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुन्डाईको विश्वसनीयताले कोना तथा आयोनिक ५ विद्युतीय गाडीको पर्यायवाची बनिसकेको छ । विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आक्रामक रूपमा चार्जिङ स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतीय गाडीको बिक्रीवितरणमा हुन्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथलीस्थित नेपालको एक मात्र विद्युतीय गाडीको एक्सक्लुसिभ शोरूम सञ्चालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ्ग स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया