व्यावसायिक सुरक्षा सुनिश्चित गर्न चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक सुरक्षाको सुनिश्चितता प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । काठमाडौंको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न मजदुर यातायात संगठनले गरेको आन्दोलनको मौका छोपी काठमाडौंको बालाजुमा रहेको नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेका पसलहरुमा तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ ।’ सो घटनाका दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरुबाटै क्षतिपूर्तिको व्यवस्था गर्न पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार भ्उ पनि आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि नभएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । औद्योगिक एवं व्यावसायिक क्षेत्रहरुको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने अध्यक्ष मल्लले बताए । व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यवसायमा लुटपाट, तोडफोडजस्ता घटनाले अर्को आतंक सिर्जना गरेको चेम्बरले जनाएको छ ।
राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको चेम्बरको ठहर छ । चेम्बरले बालाजु घटनाका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आगामी दिनमा यस्ताखाले घटना दोहोरिन नदिन सरकारलाई सचेत समेत गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया