१६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाँच करोडको कारोबार
काठमाडौं । नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाँच करोड रुपैयाँबराबरको कारोबार भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सञ्चालन रहेको मेलामा साढे दुई लाख अवलोकनकर्ताहरु उपस्थित थिए ।
मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताए । मेलाले देशभरकै उद्यमीहरुलाई आफ्ना उत्पादनको प्रचार–प्र्र्र्रसारमा सहयोग पु¥याउने भन्दै उनले देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुने बताए । घरेलु उद्यमी तथा उनीहरुका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा नेपाल सरकार अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको अर्थमन्त्री पौडेलको भनाइ थियो । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदा–रहँदै पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तथा उद्यमीहरुको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताए । मेलाले देशभरकै उत्पादन प्रवर्द्धनमा सहयोग पु¥याउने उनले बताए । सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पु¥याउन गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
मेला संयोजक शोभा गुरुङले देशको औद्योगिक क्रान्तिमा घरेलु उद्यमीहरुले गरेको योगदानको उचित कदर हुन नसकेको बताइन् । मेलामा कति खरिदबिक्री भयो, कति मान्छे आए भन्नुभन्दा पनि स्वदेशी वस्तुको बजारीकरण कति हुन सक्यो त्यो महत्वपूर्ण रहेको उनको भनाइ थियो । सरकारले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता गरेकोले र सबै उद्यमी व्यवसायीहरुको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने उनले जानकारी दिइन् ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष मेला आयोजना गर्दै आएको छ । महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको थियो । प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुइँकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौको लड्डु, फापरको मःमः, मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरुले निकै मन पराएको पाइएको आयोजकले जनाएको छ ।
यसैगरी राउटे समुदायले बनाएका काठका सामग्रीहरु, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका शृंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको थियो ।
कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक ‘नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौँ प्रांगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना भएको थियो । प्रदर्शनीकै अवसरमा बिहीबार महिला उद्यमीहरुका समस्या, चुनौती र समाधानका उपाय विषयक अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । साथै शुक्रबार पनि उद्यमको लागि नवीकरणीय ऊर्जा र स्वदेशी वस्तुको प्रवर्द्धन तथा अर्गानिक सर्टिफिकेसन विषयक छुट्टाछुट्टै अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
समापन समारोह मेलामा सहभागी उद्यमीहरुमध्ये उत्कृष्ट उद्यमीहरुलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा हिमालयन अर्गानिक गार्डेन माडी, चितवन प्रथम, फरेष्ट हेम्प इण्डस्ट्रिज प्रा.लि. बूढानीलकण्ठ काठमाडौं द्वितीय, तामाङ्ग झोला तथा राडीपाखी उद्योग जुम्ला तृतीय तथा सान्त्वनातर्फ हिमालय अल्लो तथा सुती कपडा उद्योग संंखुवासभा, मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग मुस्ताङ, सेमी घरेलु ढाका उद्यौग धनकुटा, कल्पना बेम्बो हाण्डिक्र्याफ्ट ललितपुर रहेका छन् ।
समापन समारोहमा महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बर प्रसाद रेग्मी, काठमाडौं जिल्ला अध्यक्ष पद्मकुमारी कार्की, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, अर्गानिक एसोसिएसनका अध्यक्ष दिपक प्रकाश बाँस्कोटालगायतले आफ्नो धारणा राखेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया